स्वर्गिय बिष्णु नेपालको सम्झनामा मोतीपुर स्वास्थ्य चौकीलाई हट वाटर डिस्पेन्सर सहयोग

प्रकाशित मिति:

६ जेठ,बुटवल- रुपन्देहीको शुद्धोदन गाउपालिका वडा नं-४ फर्साटिकरका स्व-बिष्णु नेपालको सम्झनामा बिष्णु नेपालको धर्म पत्नि प्रतिमा नेपाल र छोरा आयुष नेपालले मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई ३ थान हट वाटर डिस्पेन्सर सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ।

मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा चौकी इन्चार्ज समेत रहेर कार्यरत स्वर्गिय नेपालका परिवारले स्वास्थ्यचौकीमा सेवा लिन आउने सेवाग्राहीहरुको सुरक्षित पानी पिउने सुबिधा प्रदान गर्न करिब ३४ हजार रुपैया बराबरको ३ थान हट वाटर डिस्पेन्सर उपलब्ध गराइएको स्व। नेपालकी धर्मपत्नी प्रतिमा नेपालले स्थानिय संचार गृह रेडियो शुद्धोदनलाई जानकारी दिनु भएको छ। स्वास्थ्य चौकीमा कार्यरत रहदा सेवाग्राहीहरुको सेवामा समर्पित रहेको स्मरण गर्दै श्रीमानको सेवाग्राही प्रतिको समर्पणलाई ताजगी बनाउन स्वर्गिय श्रीमान सम्झनामा स्पिेन्सर सहयोग गरिएको उपलब्ध कुनै पनि सहयोगहरुको उचित संरक्षण गर्नु पनि हामी सबैको उत्तिकै महत्वपुण हुने प्रतिमा नेपालले बताउनु भयो ।

प्रथमिक स्वास्थ्यचौकीका पुर्ब इन्चार्ज समेत रहेर कार्य गर्नु भएका स्वर्गिय बिष्णु नेपालको सम्झनामा वहाँका परिवारबाट स्वास्थ्यचौकीलाई उपलब्ध गराउनु भएको सहयोग प्रति आभार व्यक्त गर्दै मोतिपुर प्राथमिक स्वास्थ्य चौकी व्यबस्थापन समितका अध्यक्ष तथा शुद्धोदन गाउपालिका वडा नं। ४ का वडा अध्यक्ष राजेन्द्र कंडेलले स्वर्गिय नेपालले प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत रहदा सेवाग्राहीहरु प्रति सेवा निकै स्मरणयोग्य रहेको उल्लेख गर्नु भयो ।