पश्चिम नवलपरासीको चिसापानी अस्पतालको आइसोलेशनलाई बर्दघाट नगरका ब्यापारी संगठनले फ्रिज हस्तान्त्रण गरे

प्रकाशित मिति:

रामु भुसाल- पश्चिम नवलपरासीको चिसापानी अस्पतालको आइसोलेशनलाई बर्दघाट नगरका ब्यापारी संगठनले फ्रिज हस्तानत्रण गरेका छन । नगरपालीका भित्र रहेका बर्दघाट उधोग बाणिज्य संघ, बर्दघाट बजार विकास समिति, पञ्चनगर बजार विकास समिति जिमिरेभार व्यापार संघका पदाघिकारीहरुले आफ्नै लगानीमा रु ५१ ह्जार बराबरको फ्रिज हस्तानत्रण गरेका हुन् ।

अस्पतालमा औषधी र इनजेक्शन राख्नको लागि फ्रिजको अभाव महसुस भएको हुदा आफुहरुले आफ्नै लगानीमा सो समान हस्तान्त्रण गरिएको बर्दघाट उधोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने जानकारी दिनु भयो । सो समान बुज्दै अस्पतालका अध्यक्ष समेत रहनु भएका बर्दघाट नगरपालकिा का नगर प्रमुख घिरज शर्मा बस्यालले सहयोगीहरु सम्पुर्णमा धन्यबाद ब्यक्त गर्नु भएको थियो । साथै नया भेरियनट सहितको कोरोना भाईरस संक्रमण महामारीका बेला संक्रमण भएका बिरामीहरुलाई श्वासप्रश्वास कोसमस्या बढि देखिने गरेको र जिल्लाका विभिन्न आईसोलेशन तथा अस्पतालहरुमा अक्सिजन शिलिण्डर कमि भएको समाचार आईरहदा पश्चिम नवलपरासीमा भने अक्सिजनको अभाव नहोस्भन्ने उद्धेश्यले पश्चिम नवलपरासीमा खाली सिलिन्डर भर्न विभिन्न संघ संस्थाको सक्रियता जारी रहेको छ । यसै क्रममा बर्दघाटको चिसापानी मा सञ्चालित कोराना आईसोलेशन र शहिद स्मृति अस्पताल चौपत्तामा दैनिक रुपमा विभिन्न संघ संस्थाले अक्सिजन शिलिण्डर रिफिल गरी प्रदान गरिरहेका छन् ।

बर्दघाट नगरपालिकामा कोरोनामा संक्रमितहरुलाई उपचार सुरु गरेदेखी नै बर्दघाट उधोग बाणिज्य संघ नवलपरासीको नेतृत्व र बर्दघाट बजार विकास समिति ,पञ्चनगर बजार विकास समिति जिमिरेभार व्यापार संघ को अगुवाईमा दैनिक ३० देखी ४० खाली अक्सिजन शिलिण्डर भरी नगरका अस्पतालहरुलाई प्रदान गर्दै आएको बर्दघाट उधोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने जानकारी दिनु भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत यस महामारीको बेला मानव जिवन रक्षा नै महत्तवपुर्ण रहेको बताउदै ती संस्थाका पदाधिकारीहरु स्वयं खटि आफ्नै लगानीमा शिलिण्डरहरु भरी अस्पताल सम्म पुर्याएका बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा प्रसाद गौतमले बताउनु भयो। अस्पतालहरुमा शिलिण्डर अभाव हुन नदिने र आफुहरुले यो माहमारी रहुन्जेल निरन्तर सहयोग गर्ने पञ्चनगर बजार विकास समितिका अध्यक्ष रामजी चापागाईले बताउनु भयो । जिमिरेभार व्यापार संघका अध्यक्ष चिरञ्जिवी सुवेदीले दिनरात नभनी कोरोना संक्रमितको उपचारमा अक्सिजन शिलिण्डरको अभावले संक्रमितका परिवालाई थप समस्या नहोस् भनी निरन्तर सेवामा लागेको बताउदै सो कार्यका लागी नगरका विभिन्न उधोगी व्यापारी र समाजसेवीहरुलाईसमेत सहयोग गर्न आग्रह गर्नु भएको छ ।