काठमाडौं। नेकपा एमाले संसदीय दलप्रमुख सचेतक विशाल भट्टराईले माधवपक्षलाई कारवाही गर्नेबारे नेतृत्वले छलफल गर्ने बताएका छन्।
आज उपनिर्वाचनमा माधवपक्षले खिमलाल भट्टराईलाई मत हालेर विजयी बनाएपछि सचेतक भट्टराईले भने, “यसबारेमा ठोस छलफल भएको छैन।
यसबारे उच्च नेतृत्वले छलफल गर्ने हो,” उनले भने, “उहाँहरूले विश्वासको मत नदिएको हो, आज पनि मत नदिएको प्रष्ट भयो। केपी ओली अझै पनि मिलाएर जाने पक्षमा हुनुहुन्छ।”