बादल पराजित भएपछि नेता बाँस्कोटाले भने – ‘दुध ख्वाएर पालेका सापले डँसे’

प्रकाशित मिति:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता गोकुल बाँस्कोटाले दुध ख्वाएर पालेका साँपले डसेको बताएका छन् ।बिहिबार बागमती प्रदेश अन्तर्गत भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार रामबहादुर थापा बादलु पराजित भएपछि नेता बाँस्कोटाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत विपक्षीसँगै कुनै गुनासो नभएको भन्दै यो समयको अन्त्य नभई नयाँ सुरुवात भएको बताएका छन् ।उनले भने ( दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।बिहीबार बागमती प्रदेश अन्तर्गत भएको राष्ट्रिय सभा सदस्यको एक सिटका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा। खिमलाल देवकोटा विजयी भएका छन् ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका डा। देवकोटाले ५०८८ मतभार पाएर बादललाई हराएका हुन् । देवकोटा निर्वाचित हुन निर्णायक मानिएको एमालेकै माधवकुमार नेपाल समूहको मत पाएका थिए ।