अब नेपालबाटै टिकटक भेरिफिकेसन, युट्युवमा जस्तै आम्दानी गर्न सकिने

प्रकाशित मिति:

काठमाडौं । अब टिकटकको अकाउन्ट नेपालबाटै भेरिफिकेसन हुने भएको छ । यसअघि भारतबाट टिकटक भेरिफिकेसन हुँदै आएकोमा अब नेपाली कम्पनीबाटै भेरिफिकेसनको काम हुने भएको हो ।

नेपालबाट सञ्चालन भएका टिकटक अकाउन्ट रिलिज नेपाल प्रालि नाम कम्पनीले भोलि शुक्रबार (७ जेठ) देखि फेरिफिकेसनको काम गर्ने भएको छ । रिलिज नेपाल टिकटकको नेपालका लागि कन्टेन्ट पार्टनर कम्पनी हो ।अब यसबाट फेरिफाई भएका टिकटक मोनिटाइज समेत हुने उल्लेख छ । मोनिटाइज भएका अकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसवापत सम्बन्धित टिकटकका अकाउन्ट सञ्चालकले रकम पाउने छन् ।

यसका लागि अकाउन्ट भेरिफाई गर्न रिलिज नेपाल डटकमको वेबसाइटमा राखिएको फाराम भर्नुपर्ने छ ।फाराम भरेको ४५ देखि ६० दिनभित्र अकाउन्ट फेरिभाई हुनेछ ।भेरिफाई अकाउन्टमा निलो भेरिफिकेसन चिन्ह देखिने छ । त्यही अकाउन्टले मोनिटाइजपछि पैसा आउने रिजिल नेपालले जानकारी दिएको छ । भेरिफिकेसन भएको एकाउन्ट ह्याक हुने र कन्टेन्ट हट्ने लगायतका समस्या पनि नहुने रिलिज नेपालको भनाइ छ ।

(फारम भर्न यहाँ क्लिक गर्नुहोस् )