इन्जाले एनआरएनए अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम गर्ने

प्रकाशित मिति:

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (इन्जा)ले एनआरएनए अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम गर्ने भएको छ । उक्त बहस कार्यक्रम इन्जा र समाजका बुद्धिजीवीहरुको सयुक्त प्रयासमा भै रहेको छ । कार्यक्रम मे २० बिहीवारका दिन हुनेछ । समाजका बुद्धिजीवीहरुमा सामाजिक अभियन्ता सुमन तिम्सिना,प्रा डा गोपी उप्रेती(बिद्या वारिधि),डा तारा सिग्देल(बिद्या वारिधि)लगायत रहेका छन् ।

अध्यक्षका प्रत्यासीहरुको सहितको बहस कार्यक्रम दशौ शृंखला हुनेछ । बिगत देखि गत मे १८ मंगलबार सम्म बोर्ड अफ डाइरेक्टर( संचालक समिति सदस्य),महिला संयोजक,सचिव/महासचिव,आइसीसी सदस्य (अमेरिकाको लागि अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य)का उम्मेदवारहरूलाई बहसमा संलग्न गराई सकेको छ । यसै गरि मे १९ का उपाध्यक्ष, वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुको बहस कार्यक्रम अमेरिकी पूर्वीय समय अनुसार ९ बजे हुनेछ । सम्भवतः यसरी शृंखलाबद्ध रुपमा सबै उम्मेद्वारहरुलाई बहसमा संलग्न गराईएको यो पहिलो हो । इन्जाका अध्यक्ष गुणराज लुइँटेलले एनआरएनए अमेरिकाका च्याप्टर(शाखा)का अध्यक्षहरूलाई पनि बहसमा ल्याइने जनाएका छन् ।

यस बहस कार्यक्रमलाई इन्जाका अध्यक्ष गुणराज लुइँटेल र सामाजिक अभियन्ता परशुराम भण्डारीले गरि रहेका छन् । आगामी बिहीवार हुने बहस कार्यक्रम निकै महत्वपूर्ण हुने हुनाले सबैलाई इनेप्लिजबाट हुने प्रत्यक्ष प्रसारण हेर्न इन्जाका अध्यक्ष लुइँटेलले अनुरोध गरेका छन् । बहसका सबै शृंखलाहरुका लागि ईनेप्लिजसंग इन्जाले सहकार्य गरेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका अध्यक्षका उम्मेदवारहरुको प्रत्यक्ष प्रसारण कार्यक्रम भर्चुअल (परोक्ष/जुम)मार्फत हुने छ ।अध्यक्ष पदको लागि बहस कार्यक्रममा मैदानमा उत्रिएका अध्यक्षका प्रत्याशीहरू बुद्धि सगर सुवेदी ,डा अर्जुन बन्जाडे(विद्या वारिधि ),कृष्ण लामिछाने र तिलक के.सी उपस्थिति हुने छन् ।