बुटवल । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउर बिदा गर्नुपर्ने बताएका छन् । बिहीबार राति सामाजिक सञ्जालमार्फत नेता थापाले प्रधानमन्त्रीको सिफारिसमा सरकार गठनका लागि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय अगावै सुझबुझ पु-याएर उनीहरुलाई बिदा गर्नुपर्ने बताएका हुन् ।
विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने र राष्ट्रपतिले प्रक्रिया शुरु गर्नुपर्ने भएतापनि जानाजान यो गरेको भन्दै उनले अब गनगन गरेर बस्न नहुने समेत बताएका छन् ।
‘विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको होरुजानेर गरेको हो। गनगन गरेर नबसौं।’ उनले भनेका छन्, ‘सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।’