एनआरएनए एनसीसी अमेरिकाको सचिवमा उम्मेदवार बनिन् युवाहरुको ढुकढुकी सुनिता कँडेल

प्रकाशित मिति:

मुकुन्द सुवेदी  पेन्सलभेनिया (अमेरिका) । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन आउनै लागेको छ । निर्वाचन मुखैमा आइपुग्दा उम्मेदवारहरुलाई मतदाताको मन पगाल्न निक्कै हम्मेहम्मे परिरहेको छ ।उम्मेदवारलाई मतदाताको मन पगाल्न मात्रै होइन, योग्य उम्मेदवार चयनका लागि पनि मतदातालाई सकस परिरहेको छ । योग्य उम्मेदवार छान्न मतदातालाई सकस परिरहेका बेला गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१–२०२३ कार्यकालको निर्वाचनमा सुनिता सापकोटा कँडेल (महिला सचिव) मतदाताको रोजाईमा परेकी छन् ।

उनी के महिला, के युवा वा वृद्धवृद्धाहरुमाझ परिचित छन् । उनी लामो समयदेखि नेपाली जनसम्पर्क समिति अमेरिकामा संलग्न भएर विभिन्न गतिविधिहरुमा सक्रिय रहेकी छन् । नेपाली समुदायमा परेको समस्या समाधानका लागि कुनै कसर बाँकी नराख्ने कँडेल युवा तथा महिलाको पूर्ण सहभागिता हुन सके मात्रै नयाँ पुस्ताको सपनाहरु साकार पार्न सकिने बताउँछिन् ।नवलपुरको गैंडाकोटमा जन्मिएकी कँडेलले युवा अवस्थामा केही समय पत्रकारितासमेत गरेकी थिइन् । नवलपुरको सामुदायीक रेडियो विजय एफएममा काम गरेकै कारण पनि उनलाई समाजमा घुलमिल गर्न कुनै समस्या थिएन । सन् २०१४ मा अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गर्न थालेपछि क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीसँग समन्वय गर्न कुनै समस्य परेन । त्यही भएर पनि उनी चाँडै विभिन्न संघ संस्थामा बसेर काम गर्न कुनै समस्या भएन ।

नवलपुरको गैडाकोटमा जन्मिएर गैडाकोट नजिकै रहेको चितवनको बाल कुमारी कलेजबाट ग्राजुएट गरेकी कँडेल सानै उमेरदेखि नै सामाजिक काममा सक्रिय बनेकी थिइन् । नेपालमा रहँदा सामाजिक काममा सक्रिय रहकै कारण पनि क्यालिफोर्निया आएपछि यहाँ बसोबास गर्ने नेपालीमाझ बाम गर्न सजिलो भएको छ ।उनी क्यालिफोर्निया आएपछि नै नेपाली महिलाहरुको विश्व संजाल (NWGN) को क्यालिफोर्निया च्याप्टरमा सक्रिय बनिन् । संजालमार्फत नै महिलाहरुको समस्या समाधानमा सहजीकरण पनि गर्दै आएकी छन् ।

उनले कोभिड –१९ को महामारीका बेला पनि हेल्प डेस्कमा रहेर काम गरिन् । उनले कोभिड –१९ को महामारीका बेला ‘महामारीमा भागेर होइन, आफु डटेर लाग्नुपर्छ’ भन्ने छाप छोड्न सफल भइन् । यसले उनलाई सामाजिक कार्यकर्ता भन्ने मिल्ने हैसियत बनाएकी छन् ।‘मैले सकेसम्म थुप्रै युवा र महिलाहरुको लागि काम गरेको छु । उनीहरुको प्रतिनिधित्व एनआरएनको नीति–निर्माण तहमा हुनुपर्छ भनेर मैले बारम्बार उठाउँदै आएको छु’ ‘मैले आफुलाई युवा पंत्तिसँग लामो समयदेखि काम गरेका कारण पनि विजयी बन्न सक्छु भन्ने विशवास लिएको छु ।’महिला र युवाहरुको सशक्तिकरण, नेतृत्वको विकास र नेतृत्वमा पहुँच पु¥याउन आफुले एनआरएनए एनसीसी अमेरिकाको सचिव पदमा उम्मेदवारी दिएको उनको भनाई छ ।