कोभिड उपचारको औषधी सुचीबाट हट्यो रेम्डिसिभिर

प्रकाशित मिति:

नेपाली औषाधी बजारमा रेम्डिसिभिरको हाहाकार भएका बेला विश्व स्वास्थ्य संगठनले कोभिड उपचारको औषधि सूचीबाट रेम्डिसिभिरलाई हटाएको छ । कोरोना भाइरसको पहिलो लहरका बेला आपतकालीन अवस्थामा प्रयोग लागि सुझाएको रेम्डिसिभिरलाई विश्व स्वास्थ्य संगठनले हाल कोरोना उपचारको औषधिबाट हटाएको हो ।एन्टीभाइरल औषधि रेम्डिसिभिर कोरोनाका बिरामीलाई सास फेर्न अप्ठ्यारो भएको परिस्थितिमा प्रयोग गरिने गरिरन्छ । नेपालमा सो औषधीको ब्यापक कालोबजारी भएपछि सरकारले अधिकतम मुल्य नै तोकेर बिक्रि गर्ने ब्यवस्था मिलाएको छ ।

विगतमा विश्व स्वास्थ्य संगठनले सुझाएको आधारमा धेरै राष्ट्रले रेम्डिसिभिर खरिद प्रक्रिया अघि बढाएका थिए । नेपालले पनि रेम्डिसिभिर नेपालमै उत्पादन गर्ने तयारी थालेको थियो । विश्व स्वास्थ्य संगठनका प्रवक्ता एरिक सेरभिकले त्यसलाई पहिले योग्य माने पनि हाल त्यस सूचीबाट हटाइएको बताएका छन् । ‘हामीले त्यस औषधीलाई योग्य सूचीबाट हटाएका छौँ,’ उनले भने ।