शिल्पाले नाभी देखाएपछि अदालतमा मुद्धा

प्रकाशित मिति:

बलिउड अभिनेत्री शिल्पा शेट्टी सुन्दर सुन्दरताका लागि लोकप्रिय छिन् । उनी विशेषत साडीमा सुन्दर देखिन्छिन् । तर एकपटक भने उनी साडीकै कारण समस्यामा परेकी छन् । बलिउड लाइफका अनुसार सन् २००५ मा शिल्पाले एक ‘अटो शंकर’ नामक कन्नड फिल्ममा अभिनय गरेकी थिइन् । यो फिल्म सुपरहिट साबित भएको थियो । फिल्मलाई तमिल, हिन्दी र मलयालममा पनि डब गरिएको थियो ।

फिल्मको हिन्दी नाम ‘शिल्पा द बिग डन’ राखिएको थियो । यो फिल्मको तमिल रिमेक रिलिज हुँदा शिल्पाको साडीयुक्त तस्वीर एक तमिल पत्रिकामा छापिएको थियो । तस्वीरमा शिल्पाको नाभी प्रष्ट देखिएको थियो । यो तस्वीरमा आपत्ति जनाउदै एक वकिलले अश्लीलता फैलाएको आरोपमा शिल्पाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका थिए । शिल्पालाई अदालतमा उपस्थित हुन आदेश दिए पनि उनी उपस्थित भइनन् । त्यसपछि अदालतले नै उनलाई पक्राउ वारेन्ट जारी गर्यो । शिल्पाको वकिलले दाबी पेश गर्दै शिल्पाको तस्वीर सेन्सर भएको फिल्मको फ्रीज शट भएको बताएका थिए ।