ओलीलाई हटाउन सबै विकल्पबारे छलफल गर्ने कांग्रेसको निर्णय

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसले संविधान र लोकतन्त्र रक्षाका लागि अरू दलहरूसँग छलफल गर्ने भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आज अपरान्ह ५ बजेसम्म समय दिएकी थिइन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले संविधान र लोकतन्त्र रक्षा गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न सबै विकल्पबारे छलफल गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।