कांग्रेसले बोलायो सर्वदलीय बैठक, माधव पक्षलाई पनि निम्तो

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैठकले संविधान र लोकतन्त्र रक्षाका लागि छलफल गरी आवश्यक रणनीति तय गर्नुपर्ने भएकोले दलहरूसँग छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।

केही बेरमा बस्ने भनिएको सो बैठकमा नेकपा एमालेको माधव नेपाल पक्षलाई पनि बोलाइएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतलाई खबर गरिसकेको एक नेताले बताए। प्रचण्ड यसअघि नै बुढानिलकण्ठ पुगिसकेका छन् ।