संविधान संशोधन गर्न सरकारले बनायो ५ सदस्यीय कार्यदल

प्रकाशित मिति:

काठमाडौं । सरकारले संविधान संशोधन गर्नका लागि पाँच जनाको कार्यदल बनाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल  बनाएको हो ।

कार्यदलमा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल रहेका छन् ।