प्रधानमन्त्री ओलीको प्रश्न उपधारा ५ मा जान राजिनामा गर्नुपर्छ भनेर कहाँ लेखेको छ ?

प्रकाशित मिति:

काठमाडौं, जेठ ७ : प्रधानमन्त्री केपी ओलीले संविधानको धारा  ७६ (५)  मा जानका लागि आफूले राजिनामा गरेर जाने व्यवस्था नै नभएको दाबी गरेका छन् । आफूले विश्वासको मत लिन नचाहेकाले मार्गप्रशस्त गरेको उनको दाबी छ । पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘उपधारा ५ मा जान राजिनामा गर्नुपर्छ भन्ने कहाँ लेखेको छरु’

एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले आफूलाई गरेको असहयोगको हिसाबकिताब गरिने उनले बताए । ‘माधव नेपाल आफ्नै पार्टी ध्वस्त गर्न चाहिरहनुभएको छ, अनि लोकतन्त्रका कुरा गर्ने रु’ उनले भने ।

अर्को प्रधानमन्त्रीले सपथग्रहण गरेपछि आफू प्रधानमन्त्रीबाट मुक्त हुने उनले दाबी गरे । विश्वासको मत नपाउँदा, धारा  ७६ (५)  को सरकार नबन्दा पनि आफूले राजिनामा नदिएको उनले बताए । आफू प्रधानमन्त्री दाबी गर्ने तयारीमा रहेका उनले बताए । प्रतिनिधिसभा सदस्यको हिसाबमा आफूले प्रधानमन्त्री दाबी गर्न सक्ने उनले बताए । प्रतिनिधिसभाको १२१ मतभार भएकाले अरूको समर्थन पाउँदा सरकार बनाउने उनले बताए । एक महिनाभित्र विश्वासको मत लिने र त्यतिबेला पनि विश्वासको मत नपाउँदा संसद् विघटन गरेकामा प्रश्न गर्न नपाइने उनले बताए ।