सरकारको नेतृत्वमा दाबी गर्छु : प्रधानमन्त्री ओली

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने बताएका छन् । आफुसँग अहिलेपनि १२१ सांसद रहेकाले आफुले सरकारको नेतृत्वका लागि दाबी गर्ने बताएका हुन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अरुले समर्थन गरुन् । प्रतिनिधिसभा सदस्यको हिसाबमा मैले दाबी गर्न सक्छु । अहिलेसम्म मसँग १२१ जना सदस्य छन् । अर्थात् मतभार छ । मसँग अहिले त्यति भएको हुनाले मलाई अलि सजिलो होला कि भनेर प्रयास गरिरहेको छु, राष्ट्रपतिलाई भरपर्दो आधार लाग्यो भने नियुक्त गर्नुभयो भने मैले सरकार बनाउँछु ।  र एक महिनाभित्र विश्वासको मत लिनेछु । एकमहिनाभित्र विश्वासको मत नदिए विघटन गर्‍यो भनेर आरोप लगाउन पाइनेछैन ।’