बहुमत सांसदको हस्ताक्षरसहित शीतल निवासतर्फ लागे विपक्षी गठबन्धनका नेताहरु

प्रकाशित मिति:

काठमाडौं । बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् ।

संविधानको धारा ७६(५) अनुसार सरकारको दावी गर्न काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् ।

विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् ।