१४९ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनका नेताहरु शीतलनिवासमा

प्रकाशित मिति:

काठमाडौं । बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनका नेताहरु शीतल निवास पुगेका छन् । संविधानको धारा ७६(५) अनुसार सरकारको दावी गर्न काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका नेताहरु भर्खरै शीतल निवास पुगेका हुन् ।

विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएका छन् ।  कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल पक्षका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।