प्रधानमन्त्रीमा ओलीको दाबी

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

एमालेका १२१ र जसपाका १७ सांसदको हस्ताक्षर लिएर शीतल निवास पुगेको ओलीले प्रधानमन्त्रीमा दावी गरेका हुन् । उनले यसअघि बालुवाटारमा पत्रकारहरुसँगको अन्तरक्रियामा आफूले पनि सरकारका लागि दावी पेस गर्ने बताएका थिए।

उनी विपक्षी गठबन्धनका नेताहरुभन्दा अगाडि शीतल निवास पुगेको स्रोतको दावी छ ।