कपिलवस्तुमा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार गर्ने २ जना पक्राउ

प्रकाशित मिति:

कपिलबस्तु । कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र) का नेता दीपक पाण्डे र ईलास अख्तर मुसलमानलाई गोली प्रहार गर्ने २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं १ तौलिहवाका ३९ बर्षिय ओम प्रकाश यादव र वडा नं २ सागरटोल बस्ने बर्ष ३३ का साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले व्यक्तिगत दुष्मनिको कारणले गाली चलाएको स्वीकार गरेका छन् । जेठ ५ गते राति लु १६ प ३४९७ को मोटर साइकल आफै चलाई घटना स्थलमा पुगी चलाएको पनि प्रहरी समक्ष स्विकार गरेका छन् ।

तस्बिर :पत्रकार गुलाम अलीको फेसबुकबाट