काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान बमोजिम चुनाव घोषणा गर्न माग गरेका छन् । शुक्रबार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी खारेज गरी संविधान बमोजिम चुनाव घोषणा गर्न माग गरेका हुन् ।
‘राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार ‘बिश्वासको मत प्राप्त गर्ने’आधार छैन। दुवै जाली/किर्ते हुन्।दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणा होस्। यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे। अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’ थापाले सामाजिक सञ्जालमार्फत् भने ।