फेसबुक ग्रुप सहयोगद्धारा कोभिड बिरामीलाई फलफूल, प्रोटिनयुक्त खाना र पानी वितरण

प्रकाशित मिति:

फेसबुक ग्रुप सहयोगद्धारा बुटवलमा रहेको लुम्बिनि प्रदेशिक अस्पताल सासै धागो कारखानामा संचालित कोभिड अस्पतालका कोभिड बिरामीलाई फलफूल, प्रोटिनयुक्त खाना र पानी वितरण गरिएको छ।बुटवल वडा नं ११ का नेपाली कांग्रेसका क्रियासिल सदस्यहरुको समूहले फेसबुक ग्रुपमार्फत रकम संकलन गरेर अस्पतालका कोभिड बिरामीलाई “मायाले भरिएको पोषणयुक्त टिफ्फिन बक्स ”फलफूल, प्रोटिनयुक्त खाना तथा पानी वितरण गरिएको छ । फेसबुक ग्रुप हेल्पिङ्ले आज एक कार्यक्रमकाबीच बुटवल मा रहेको लुम्बिनि प्रदेशिक अस्पताल मा १०५ त्यस्तै आम्दा अस्पतालका १३ र अस्थायी कोरोना अस्पताल धागो कारखाना मा ५२ गरि १ सय ७० जना कोभिड बिरामीलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

कोरोना भाईरसको संक्रमण महामारी विरुद्ध मुलुक नै जुधिरहेका बेला नेपाली कांग्रेसका सक्रिय सदस्यहरुले यो लडाँईमा विजयी प्राप्तिका लागि सक्दो सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले फेसबुकमार्फत अभियान सञ्चालन गरेर सहयोग गरिएको हो। आज पहिलो चरणमा बिभिन्न अस्पतालका बिरामीलाई १७० प्याकेट फलफूल, प्रोटिन खाना तथा पानीका जार पाँच थान हस्तान्तरण गरिएको अभियान निरन्तर रहने नेपाली कांग्रेस नेत्री तथा यो ग्रुप का सदस्य रिता के सि ले जानकारी दिनु भयो। । रकम संकलन अभियानमार्फत अब अति विपन्न नागरिकलाई पनि सहयोग गर्ने तयारी भईरहेको ग्रुपका सदस्य शुनिल शाहीले जानकारी दिनु भयो । कांग्रेसका सक्रिय युवाहरुको सहयोग बाट भएको यो मानवीय सेवाबाट बिरामीको रोग प्रतिरोधक क्षमता बढ्न सहयोग पुग्ने विश्वास साथ अभियान सुरु गरिएको अभियन्ता सन्जय पाण्डेले बताउनु भयो। अभियान्ताहरु रिता के सी ,क्षेत्री सन्जय पान्डे ,सुरज क्षेत्री ,भेषराज पोखरेल, सुन्दर अर्याल र रिता श्रेष्ठ लगाएतको उपस्थिति मा मायाले भरिएको पोषणयुक्त टिफ्फिन बक्स ”फलफूल, प्रोटिनयुक्त खाना तथा पानी वितरण गरिएको थियो।