एनसीसी नेतृत्व पदका दावेदार तिलक केसी मतदाता र समर्थक भेट्न शनिवार टेक्सास आउँदै

प्रकाशित मिति:

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको अध्यक्ष पदका उमेद्वार तिलक केसी शनिवार टेक्सास आउने भएका छन् । निर्वाचनको संघारमा उमेद्वार केसी आफ्ना मतदाता, समर्थक र संचारकर्मी भेट्न टेक्सास आउने भएका हुन् ।

मे २२ शनिवारका दिन डालसको नेपाली मन्दिरमा आयोजना हुने चुनावी भेटघाट तथा अन्तरक्रिया दिउँसो १२ बजेबाट सुरु हुनेछ । टेक्सासका स्थानिय संघसंस्था तथा नेपाली समुदायका प्रतिनिधी, कार्यसमिती तथा नयाँ एनआरएनए उमेद्वार, संचारकर्मी लगायतको उपस्थितीका बिच आयोजित कार्यक्रम ३ घण्टा लामो अर्थात दिउँसो ३ बजेसम्म संचालन हुनेछ ।
विस्किन्सिगं मेलवाकीबाट सुझाव संकलन तथा यहाँका नेपाली समुदायलाई भेट्न टेक्सास आउन लागेका केसी औपचारिक उमेद्वारी घोषणा तथा दर्तापछि बिभिन्न राज्यमा आयोजित आफ्नो चुनाव लक्षित कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

सरल र सालिन ब्यक्तीत्वका केसीका सबै कार्यक्रम सफलतापूर्वक सम्पन्न हुँदै आएका छन् भने उनि टेक्सास आउने खबरले यहाँका मतदाता तथा समर्थक उत्साहित देखिएका छन् । बर्तमान बोर्ड अफ डाईरेक्टर केसी यस पटकको निर्वाचनमा बिजयको संभावना भएका उमेद्वार हुन् जसले ‘सिन्डिकेट तोडौं नेपाली जोडौं’ भन्ने मुल नाराका साथ ठुलो संख्यामा बिभिन्न राज्यका नेपालीसंग भेटघाट गर्दै आएका छन् ।