राष्ट्रपतिलाई अन्तिम पटक सुध्रिने मौका हो : गगन थापा

प्रकाशित मिति:

काठमाडौं, जेठ ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले राष्ट्रपतिलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको बताएका छन् । प्रधानमन्त्री केपी ओली नयाँ सरकार बनाउने दाबी प्रस्तुत गरेपछि थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत राष्ट्रपतिलाई ओलीको जालझेल र अपराधमा साथ दिँदा दागै दाग लागेको र परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको उल्लेख गरेका हुन् ।

उनले लेखेका छन्, ‘आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ । राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ। महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ नभए भिर बाट खस्ने लाई राम राम । ’ त्यस्तै उनले १५३ जनाको समर्थन भएको भए सरकारले ७६ (३) को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ? भनेर प्रधानमन्त्रीलाई प्रश्न समेत गरेका छन् ।

प्रम ले नै म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५) को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको भन्दै आव्हान गर्ने। अब फेरी जालझेल’ उनको स्टाट्समा उल्लेख छ ।