प्रवक्ता शर्मा भने- ‘महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ’

प्रकाशित मिति:

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महँगो पर्ने बताएका छन् । मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा  नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गरेपछि प्रवक्ता शर्माले महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्ने बताएका हुन् ।

‘`अहंकारको वृक्षमा विनाशको फल लाग्छ´, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो !बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ l’ उनले ट्विटरमार्फत भनेका छन् ।