बाबुराम भट्टराई भन्छन- ‘यो कुनै मध्यावधी चुनाव हैन, संविधान खारेज गर्ने प्रपंच हो’

प्रकाशित मिति:

बुटवल । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन र मध्यावधी चुनाव घोषणा लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच रहेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत भट्टराईले यस्तो बताएका हुन् । यस्तै, उनले यसको प्रतिवादमा उत्रिन आह्वानसमेत गरेका छन् ।

उनले लेखेका छन्, ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस५बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो।एकजुट होऊॅ;प्रतिवाद गरौं!’