संसद विघटनको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने कांग्रेसको निर्णय

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने भएको छ ।सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले लोकतन्त्रको रक्षाको लागि राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो । प्रतिनिधिसभा विघटन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको बैठकको निष्कर्ष छ । संघर्षका लागि विघटनको विपक्षमा रहेका अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने निर्णय पनि भएको छ ।