ओलीले एमाले स्थायी कमिटीको आकस्मिक बैठक डाके

प्रकाशित मिति:

काठमाडौं- प्रधानमन्त्री एवम्‌ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको आकस्मिक बैठक डाकेका छन्‌।प्रधानमन्त्री निवास बालुवाटारमै अपराह्न ४ बजे बस्नेगरी ओलीले बैठक डाकेका हुन्‌।

​बैठकमा माधकुमार नेपाल समूहका नेतारकार्यकर्तामाथि ओलीले कारबाही गर्नसक्ने आशंका गरिएको छ।एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले भने बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने बताएका छन्‌।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिसअनुसार गएराति प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन मिति तोकेकी छिन्‌।

​नेपाल पक्षले भने संसद्‌ विघटन कदमको विरोध गर्दै विपक्षी दलहरूको गठबन्धनसँग मिलेर आगामी रणनीति बनाउन खोजेको छ।