नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि, ८८४८ जना डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । नेपालमा थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १९३५७ र एन्टिजेन विधिबाट ७४८ जनाको परीक्षण गर्दा ८९८० जना संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।

यस्तै, आज थप ८ हजार ८४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।

आज संक्रमणबाट थप १२९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ६ हजार १५३ पुगेको छ ।