लक्ष्मणको पहलमा रुपन्देहीको ‘घरघरमा खाद्यान्न’ अभियान सञ्चालन

प्रकाशित मिति:

रुपन्देही, लक्ष्मण गौतमको पहलमा रुपन्देहीमा ’घरघरमा खाद्यान्न’ अभियान शुरु भएको छ । लामो समयको निषेधाज्ञा र लकडाउनका भोकै रहनुपर्ने बाध्यतामा परेका नागरिकलाइ मध्यनजर गर्दै हुनेले दिने र नहुनेले लिन पाउने गरि अभियान थालिएको गौतमले बताए ।

चोक चौराहामा फुड बैँक राख्दा भिडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने हुनाले सुरक्षा र सावधानी अपनाउदै घर घरमा खाद्यान्न बितरण अभियान थालिएको हो । हुनेले दिएर जाउ नहुनेले लिएर जाउ भन्ने नारासहित कसैलाई खानकै लागि समस्या नपरोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको गौतमले बनाए । यो अभियानमा जोडिन चाहने र सहयोग गर्न चाहनेलाई सहकार्य गर्न तयार रहेको गौतमले जानकारी दिए । यहि खानाका लागि समस्या भएमा तपाईहरुले लक्ष्मण गौतम लाई ९८५७०४२७७६ मा सम्पर्क गरेर सहयोग लिन उनले अनुरोध गरे ।