अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थपिए १३ कोरोना संक्रमित, एक जनाको मृत्यु

प्रकाशित मिति:

बुटवल । अर्घाखाँचीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न पालिकाहरुमा गरि १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा २ जना, भुमिकास्थान नगरपालिकामा ६ जना, पाणिनी गाउँपालिकामा ३ जना, शितगंगा नगरपालिका र मालारानी गाउँपालिकामा १/१ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या १,८१२ पुगेको छ । हाल ७८७ जना उपचाररत छन् ।

यस्तै, जिल्लामा कोरोना जित्नेको संख्या ९७९ रहेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि विरामी डिस्चार्ज भएका छैनन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ ।