सभासद फकुरुद्धिन खानको पहलमा लुम्बिनी सांस्कृतिक नगरलाई १० थान अक्सिजन सहितको सिलिण्डर उपलब्ध

प्रकाशित मिति:

८ जेठ,लुम्बिनी- लुम्बिनी प्रदेशका सभासदतथा नेपाली कांग्रेस,लुम्बिनी प्रदेश,संसदिय दलका सचेतक फकरुदिन खानको पहलमा नेपाली कांग्रेस लुम्बिनी सांस्कृति नगर सभापति सभापती मोहम्मद सईद खानले लुम्बिनी सांस्कृतिक नगर पालिकालाई १० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएका छन।

लुम्बिनी सांस्कृतिकनगर नगर पालिकाका नगर प्रमुख मनमोहन चौधरीलाई अक्सिजन सिलिण्डर हस्तानतरण गर्दै बिषम परिस्थितिमा जनताको स्वास्थ्यलाई महत्वपुर्ण स्थानमा राखेर अक्सिजन सहितको १० थान सिलिण्डर लुम्बिनी सांस्कृति नगर नगरपालिकाद्वारा संचालित ओभिड अस्थाई अस्पताललाई उपलब्ध गराइएको बताएका छन । सभासद खानले नयाँ भेरियन्ट सहितको नोवल कोरोना भाइरसको संक्रमणबाट धेरैले मृत्युवरण गरिरहेको अवस्थामा कोभिड संक्रमतिहरुको उपचारमा अक्सिजनको अभावलाई थोरै भएपनि सहज बनाउन सजिलो होस भन्ने उद्धेश्यले अक्सिजन सहितको सिलिण्डरको व्यबस्था गरिएको बताएका थिए ।यस्तै नेपाली कांग्रेस,लुम्बिनी सांस्कृतिक नगर सभापति मोहम्मद सईद खानले लुम्बिनीका जनताहरुको स्वास्थ्यलाई बिशेष प्राथमिकता दिएर उपचारमा संलग्न स्वास्थ्यकर्मी र जनप्रथिनिधीहरुको उच्च सम्मान गर्दै कोभिड संक्रमितहरुको उपचारमा अक्सिजनको अभाव हुन नदिन जनप्रतिनिधीको हैसियतले लुम्बिनी प्रदेशका सभासद फकरुद्धिन खानको पहलमा अक्सिजन सहितको सिलिण्डर नगरपालिकाद्वारा संचालित कोभिड अस्थाई अस्पताललाई उपलब्ध गराइएको बताए।

यसैगरी अक्सिजन सहितको सिलिण्डर ग्रहण गर्दै लुम्बिनी सांस्कृतिक नगर नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीले नगरवासीको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्न सभासद खानको पहलमा उपलब्ध भएको सहयोग प्रति आभार व्यक्त गरे । नगरवासीमा कोभिड संक्रमित भई अक्सिजनको अभावमा मृत्युवरण गर्न नपरोस भन्ने तर्फ नगरपालिका सचेत रहेको उल्लेख गरे ।