माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोधीने

प्रकाशित मिति:

काठमाडौं, जेठ ८ : एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि २७ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधेको थियो । यस्तै, चारजना नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरेको थियो । एकताका संवादको शृंखला सुरु भएपछि उक्त कारवाही फिर्ता लिइएको थियो । पार्टीविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका २६ मध्ये ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय एमालेले गरेको हो ।