पत्रकार कल्याणकारी कोषमा उपसचिव नागिलाको ५ हजार ५ सय ५५ सहयोग

प्रकाशित मिति:

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि नेपाल सरकारका उपसचिव तथा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

व्यास न।पा १२ कमलबारी निवासी नागिलाले महासंघ तनहुँ शाखाका सहसचिव प्रकाश अधिकारीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो। पत्रकार महासंघ तनहुँको यो अभियान निकै महत्त्वपूर्ण रहेको र जिल्लाका पत्रकारलाई कोभिड(१९ हुदा होस् अथवा दुख पर्दा यो अभियानले सहयोग पुग्ने बताउनुभयो।महासंघको अपिल अनुसार कल्याणकारी कोषलाई सहयोग आउने क्रम जारी रहेको छ ।