रुपन्देहीको एक जन प्रतिनिधीले आफ्नो वडामा राजस्व संकलनको बहानामा जनतालाई दुख दिदै आइरहेको भन्दै प्रेस बिज्ञप्ती मार्फत खुलासा

प्रकाशित मिति:

८ जेठ,कञ्चन- रुपन्देहीको एक जन प्रतिनिधीले आफ्नो वडामा राजस्व संकलनको बहानामा जनतालाई दुख दिदै आइरहेको भन्दै प्रेस बिज्ञप्ती मार्फत खुलासा गरेको छन।
कञ्चन गाउपालिका वडा नं।१ क वडा सदस्य खगेश्वर भुषालले प्रेस बिज्ञप्ती जारी गर्दै वडा अध्यक्ष हरि नारायण थारु र वडा सचिव बिर्ष बहादुर पुलामीले गाउपालिकालाई समेत गुमराहमा राखी अनावस्यक र जनताको हित बिपरित कार्य गर्दै आइरहेको आरोप लगाएका छन।उनले गता बैसाख २८ गते महामारीको रुपमा फैलिरहेको कोरोना भायरसको संक्रमणबाट थलिएको आर्थिक अवस्था उठाउन भन्दा आफु खुशी रकम संकलन गर्ने र त्यसको कुनै प्रमाण समेत नराख्ने गरेको भन्दै आम कञ्चनवासीलाई सुसूचित गर्ने उद्धेश्यले प्रेस बिज्ञप्ती जारी गरेका हुन।

वडा सदस्य भुषालले आफ्नो प्रेस बिज्ञप्तीमा सार्वजनिक तथा नेपाल सरकारको राष्ट्रिय सम्पत्तीको रुपमा रहेको बिधालय,मठ मन्दिर,आमा समूह,क्लवको नाममा रहेको ऐलानी जग्गाको किर्ते कागजात बनाई बिभिन्न समयमा घडेरी बनाई वडा तथा गाउपालिका प्रत्यक्ष पहलमा व्यक्तीहरुलाई बिक्री गरी गरी स्वामित्व हस्तान्तरण गर्ने कार्य भएको र उक्त कार्यको प्रति जनताको ध्यानाकर्षण हुन जरुरी देख्दछु भन्दै उल्लेख गरेका छन।सार्वजनिक सम्पत्तीको रुपमा रहेका तर वडा र गाउपालिकाले आफ्नो प्रत्यक्ष रोहवरमा व्यक्तिहरुलाई बिक्री बितरण गरेका सार्वजनिक जग्गाहरुलाई पुन बिधालय,मठ मन्दिर,आमा समूह,क्लवको नाममा ल्याई संरक्षण गर्न वडावासीहरुलाई आग्रह गर्दै वडा सदस्य भुषालले प्रधानमन्त्री रोजगार कार्यक्रममा निमुखा तथा बिपन्न वर्गहरुलाई छनौट नगरी पहुंच र भनसुनको आधारमा त्यो पनि सिफारिस वापत भन्दै पैसा असुल गरी अन्यलाई छनौट गरेको र बिपन्न परिवारका सदस्यहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न नगराएको समेत बिज्ञप्ती मार्फत आरोप लगाएका छन ।

यस्तै सुकुम्वासी तथा अव्यवस्थित रुपमा रहेको ऐलानी जग्गाबाट खेत बनाउने बहानामा वडा अध्यक्ष र वडा सचिवको मिलेमतोमा माटो उत्खनन गरी ती उत्खनन गरिएका माटोहरु छिमेकी पालिकाहरुमा बिक्री गरेको आरोप लगाउदै यो गलत कृयाकलाप नगर्न र गर्न नलगाउन आफु जनप्रतिनीधीको हैसियतले पटक पटक आग्रह गर्दा समेत तपाई प्रतिपक्षको भाषामा बोल्न लाग्नु भएको र यसरी बोल्दा अलि बिचार पुराएर बोल्ने गर्नुहोला भन्दै जनप्रतिनिधी भनिएका वडा अध्यक्ष,वडा नं। १ का अन्य वडा सदस्य र वडा सचिवले समेत आफुलाई समेत धम्कीपुर्ण भाषा प्रयोग गरेको आरोप लगाएका छन।वडा सदस्य खगेश्वर भुषालद्वारा जारि गरिएको बिज्ञप्तीमा उल्लेखित आरोपहरुबारे कञ्चन गाउपालका वडा नं। १ का वडा अध्यक्ष हरि नारयाण थारुले भने गलत र कपोकल्पित भएको बताएका छन। वडा सदस्य भुषाल जिले कुन उद्धेश्य र उक्साहातमा बिज्ञप्ती निकाल्नु भयो त्यसबारे आफुलाई कुनै जानकारी नभएको र वहांँले बिज्ञप्तीमा उल्लेख गर्नु भएको सबै बिषय झुटो र कपोकल्पित छ वडा अध्यक्ष चौधरीले बिज्ञप्तीको खण्डन गर्दै भने ।

त्यस्तै अर्का आरोपित वडा सचिव बिर्ष बहादुर पुलामीले पनि वडा सदस्य भुषालले निकालेको बिज्ञप्ती आधार बिहिन र निराधार रहेको बताए । बिज्ञप्ती अनुसार कुनै एक आरोपको आधार र प्रमाण प्रस्तुत गरे आफुले सोही दिन पदबाटै बाहिरिने बताउदै वडा सचिव पुलामीले कोही कसैलाई वडाबाट प्राप्त हरेक सेवा सुबिधाहरु कञ्चनमा स्थाई बसोबास गरेको बसाई सराई लगायत प्रमाण पुगेका कागजातहरुको आधारमा समानरुपमा प्रदान गरिदै आएको बताए ।यसैगरी वडा सदस्य खगेश्वर भुषालले तथ्य प्रमाणहरु सहित बिज्ञप्ती निकालेको भए राम्रो हुने बताउदै कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले यदि वडा सदस्य ज्यूले प्रस्तुत गर्नु भएको बिषयमा छानबिन भइरहेको र वडा अध्यक्ष तथा वडा सचिवबाट भएका गलत कार्यहरुको कुनै तथ्य प्रमाण सहित गाउपालिकामा बिज्ञप्ती बुझाउन समेत आग्रह गरेका छन।