निषेधाज्ञामै नेविसंघले काठमाडौंमा जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

प्रकाशित मिति:

काठमाडौंको- नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ।काठमाडौंको पशुपति क्याम्पसअघि शनिबार साँझ पुत्ला जलाएर प्रदर्शन गरेको हो।

नेविसंघ नेता प्रेम शाहीको नेतृत्वमा प्रतिनिधिसभा विघटनविरुद्ध रास्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाइएको हो।कोरोना भाइरस महामारीपछि अहिले काठमाडौमा निषेधाज्ञा छ।

शनिबारै नेविसंघले राष्ट्रपति कार्यालय अगाडि शितल निवासमा र माइतीघर मन्डलामा पनि प्रदर्शन गरेको थियो।नेविसंघ केन्द्रीय समितिले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनमा उत्रन विज्ञप्ति निकालेर निर्देशन दिएको थियो।