स्याङजामा नेपाली कांग्रेसद्वारा राष्ट्रपतिको पुत्ला दहन

प्रकाशित मिति:

स्याङ्जा । नेपाली कांग्रेस स्याङजाद्वारा शहीदचोकमा राष्ट्रपतिको पुत्ला दहन गरेको छ ।

शुक्रबार मध्यराति संविधानमाथि धावा बोल्दै गरिएको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको अवैधानिक घोषणाको विरोध गर्दै राष्ट्रपतिको पुत्ला दहन गरेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।अभियानपथ पार्टी कार्यालयबाट सुरु भएको मौनजुलुस चोकमा पुगेर कोण सभामा परिणत भएको छ ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले केवल सत्ता स्वार्थमा लिप्त केपी शर्मा ओलीको सरकारले राष्ट्रिय ।राजनीतिक मानमर्यादा समेतको धज्जी उडाउँदै आरोप लगाउनुभएको छ ।