बेलायतले ३ लाख ५० हजार कोभ्याक्स खोप दिने

प्रकाशित मिति:

काठमाडौं, जेठ ८ ; कोरोना भइरसको दोस्रो लहरको सामना गरिरहेको नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने विषयमा बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा छलफल भएको छ। नियमित रूपमा बस्ने उपल्लो सदनको बिहीबारको बैठकमा नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित भएको बताइएको छ।

निकै छोटो चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र नेपालले भोगेको संकटमा बेलायतले पनि सहयोग गर्नुपर्ने सांसदहरुले राय राखेका थिए । लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले नेपाललाई २० लाख खोप उपलब्ध गराउन अनुरोध गरेका छन् ।

नेपाललगायत विकासोन्मुख राष्ट्रहरूलाई बेलायतले खोप उपलब्ध गराउन पहल गरिसकेको र नेपालका लागि करीब तीन लाख ५० हजार कोभ्याक्स छुट्याइएको सरकारको तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले सदनलाई जानकारी गराएका छन्। दुई दिनअघि मात्र नेपालका परराष्ट्रमन्त्रीसँग छलफल भएको र यहाँस्थिति नेपाली दूतावासका प्रतिनिधिसँग पनि छिट्टै भेटेर आफ्नो योजना राख्ने अहमदले सदनलाई जनकारी दिए ।