राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएका दुई प्रेस विज्ञप्ति गायब

प्रकाशित मिति:

काठमाडौँ । राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएका दुई महत्त्वपूर्ण प्रेस विज्ञप्ति गायब भएका छन् । राष्ट्रपति कार्यालयको वेबसाइट  https://president.gov.np/ मा शुक्रबार राति अपलोड भएका ‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नुभएको’ शीर्षकका विज्ञप्ति विज्ञप्ति हराएका हुन् । ती विज्ञप्ति क्रमशः राति ११ः३८ र ०१ः४९ बजे प्रकाशन गरिएका थिए।

सो वेबसाइटमा शुक्रबार दिउँसो ३ बजेर ३४ मिनेटमा रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेको सूचनालगायत जेठमा राखेका सबै सूचना हराएको बताइएको छ । हाल उक्त विज्ञप्ति हराएपछि चासो बढेको छ। यसको अनुसन्धान थालिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।