भेटिए राष्ट्रपति कार्यालयको वेबसाइटबाट गायब भएका विज्ञप्तिहरु

प्रकाशित मिति:

काठमाडौँ । राष्ट्रपति कार्यालयको वेबसाइटबाट गायब भएका महत्त्वपूर्ण प्रेस विज्ञप्तिहरु पुनः भेटिएका छन् । राष्ट्रपति कार्यालयको वेबसाइट https://president.gov.np/मा ‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नुभएको’ शीर्षकका महत्त्वपूर्ण प्रेस विज्ञप्तिलगायत जेठ महिनामा राखेका सबै सूचना हराएको थियो । उक्त महत्त्वपूर्ण सूचनाहरु हराएपछि आमचासो बढेको थियो ।

त्यसपछि राष्ट्रपतिको कार्यालयले साइट ह्याक भएको हुन सक्ने भन्दै वेबसाइट डेभ्लपर्सलाई जानकारी गराएको थियो । तर, हाल वेबसाइटमा जेठ महिनामा अपलोड भएका सूचनाहरू फेरि देखिएका छन् ।