संसद विघटनको विरुद्धमा राष्ट्रपति कार्यालयबाहिर नेविसंघको प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन गरेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन सदर गरेर निर्वाचन मिति घोषणा गरेपछि नेपाल विद्यार्थी संघले शीतलनिवासि बाहिरको सडकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।