
मेला महोत्सवलाई व्यवस्थित र विशिष्टिकृत गर्न राज्यले निती नियम बनाउनुपर्नेमा सरोकारवालाको जोड
आर्थीक, सामाजीक, सांस्कृतीक, खेलकुद लगायत समाजमा रहेका हरेक पक्षको एकै स्थानबाट एकीकृत तथा सन्तुलीत बिकासमा मेला–महोत्सवको भुमीका महत्वपुर्ण हुने गरेको सम्वद्ध पक्षले औल्याएका छन् ।
मेलालाई अझ ब्यबस्थित तथा बिशीष्ट्रिकृत गर्नकोलागी निजी क्षेत्र मात्र पर्याप्त नभएकाले यसमा राज्यले पनि निती नियम बनाएर अगाडी बढ्नु पर्नेमा उनिहरुको जोड छ । गौतमबुद्ध मिडीया प्रा.लीद्धार भैरहवाबाट प्रकासित गौतमबुद्ध सन्देश दैनिकले मगंलवार रुपन्देहीको तिलोत्तमा संचालीत तिलोत्तमा औद्योगीक ब्यापार मेला, कृर्षी एवं पर्यटन महोत्सवका आयोजकहरुसगं गरेको आर्थीक, सामाजीक तथा सांस्कृतीक बिकासमा मेला–महोत्सवको भुमीका बिषयक अन्तरक्रीर्या कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् । उनिहरुले निजी क्षेत्रलाई सरकारले सहयोग गरेको खण्डमा यस्ता मेला महोत्सवलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन सकीने धारणा समेत राखे ।
कार्यक्रममा बोल्दै मेला मुल आयोजक समीतीका सयाेंजक एवं उद्योग ब्यापार सगंठन तिलोत्तमा साखाका अध्यक्ष सत्यब्रत ज्ञवालीले छोटो समयमा धेरै उत्पादनको प्रबद्र्धन तथा संस्कृतीको जगेर्ना गर्नमा मेलाको महत्वपुर्ण भुमीका हुने बताए । मेला–महोत्सवले लोप हुन लागेका संस्कृतिहरुको जर्गेनाको साथै कलाकारहरुको आर्थीक पक्ष सवल बनाउन पनि योगदान गरेको उनले बताए । त्यस्तै केही दिनलाई भए पनि रोजगारीको सिर्जना हुने र मुख्य पर्यटकीय गन्तव्यको प्रचारमा पनि मेला महोत्सवहरुले भुमीका खेलेको उनले बताए । उद्योग ब्यापार सगंठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले सामाजिक क्षेत्रमा मेलाले एक प्रकारको सकारात्मक तरङ पैदा गर्ने बताए । प्रतिभा भएर पनि अवसर नपाएकाहरुको लागि मेला–महोत्सव ठुलो अवसर बन्ने गरेको अनुभव सुनाउदै उनले सवै जातजाति, भेषभुषाको प्रबर्धनमा पनि सहयोग पु¥याउँने गरेको बताए । उनले मेलाले सयौं वस्तुको प्रबर्धन एक साथ गर्ने गरेको र आर्थिक क्षेत्रको चहलपहल बढाउँने गरेको बताए ।
तिलोत्तमा ब्यापार सघंका अध्यक्ष जे.पी कंडेलले मेला महोत्सवले नेपालमा उत्पादित वस्तुहरुको प्रबर्धन गर्न सहयोग पु¥याउँने गरेको दावी गरे । विकट क्षेत्रका उत्पादनलाई उपभोक्तासंग जोड्ने तथा भारतीय बजार र नेपाली बजार बिच रहेको मुल्य अन्तरको बारेमा समेत उपभोत्तामा जागरुकता ल्याउने गरेको उनले बताए । धेरै सामानहरु नेपालमै सस्तो र गुणस्तरीय हुदाँ हुदै पनि भारतीय बजारमा जाने नेपाली उपभोत्ताको गलत धारणामा मेलाले जागरुकता ल्याउदै स्वदेसी बस्तु तथा उत्पादनको प्रबर्धनमा टेवा पुर्याएको उनले बताए । मेलाको खेलकुद, बिज्ञान प्रदर्शनी संयोजक शित्तल ज्ञवालीले महोेत्सवले आर्थीक, सामाजीक तथा सांस्कृतीक पक्षसगै खेलकुदको बिकासमा समेत योगदान पुर्याउने गरेको जिकीर गरे । महोत्सवमा खेलकुद प्रतियोगीताहरु आयोजना हुँदा सिमीती क्षेत्रमा रहेका खेलहरुले राष्ट्रिय पहीचान पाउन थालेको र सिमीत क्षेत्रमा पनि खेलकुद आयोजना हुन सक्छ भन्ने धाराणाको बिकास मेलाले गर्ने गरेको उनले बताए । मेला महोत्सवको आयोजना गर्नु भनेकै आर्थिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रको विकास गर्नु भएको र स्वदेशी वस्तु प्रयोग गर्नुपर्छ भनेर सचेतना दिने काम समेत मेलाबाट हुने गरेको उद्योग ब्यापार सगंठन रुपन्देहीका महासचिव अनिल कुमार ज्ञवालीले बताए । गौतमबुद्ध मिडीया प्रा.लीका अध्यक्ष खिमबहादुर खत्रीले समाजको हरेक पक्षको बिकासमा कहीन कही मेला महोत्सवले भुमीका खेल्ने गरेको भन्दै उनले समाजको बिकासमा मिडीयाको भुमीका महत्वपुर्ण हुने हुँदा कार्यक्रम आयोजना गरीएको बताए ।