अर्घाखाँचीमा थपिए २७ कोरोना संक्रमित, एकैदिन ५२ जना डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । अर्घाखाँचीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न पालिकाहरुमा गरि २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा ८ जना, भुमिकास्थान नगरपालिकामा ६ जना, शितगंगा नगरपालिकामा १ जना, पाणिनी, छत्रदेव र मालारानी गाउँपालिकामा ४/४ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या १,८३९ पुगेको छ । हाल ७६२ जना उपचाररत छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ५२ जनाले कोरोना जितेका छन् । यो सँगै जिल्लामा कोरोना जित्नेको संख्या १०३१ पुगेको छ ।

अर्घाखाँचीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ रहेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि विरामीको मृत्यु भएको छैन् ।