नतिजा प्रकाशन गरी असार १ गते देखि भर्ना प्रक्रिया सञ्चालन गर्न गल्याङ नगरपालिकाको सूचना

प्रकाशित मिति:

स्याङ्जाको-  गल्याङ नगरपालिकाले वार्षिक परिक्षा तथा नतिजा प्रकाशन गर्न सूचना जारी गरेको छ । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव केदार राज आचार्यले आइतबार जारी गरेको सूचनामा वार्षिक परीक्षा तथा नतिजा प्रकाशन गरी असार १ देखि भर्ना प्रक्रिया सञ्चालन गर्न भनिएको छ ।

सूचनामा सम्भव भएसम्म अनुकुल मुल्याङ्कन प्रक्रिया अपनाई अनलाईन तथा भर्चुअल माध्यमबाट वा अन्य वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न भनिएको छ । जारी सूचनामा त्रैमासिक परीक्षा, अर्धवार्षिक परीक्षा वा निरन्तर मुल्याङ्कनलाई आधार मानेर पनि वार्षिक नतिजा प्रकाशन गर्न सकिने भनिएको छ ।यस्तै, नतिजा प्रकाशनका लागि शिक्षकहरुले एक अर्कामा विद्यार्थीका प्राप्ताङ्क आदानप्रदान गर्दा विद्युतीय माध्यमको प्रयोग गर्ने तथा नतिजा प्रकाशन पनि विद्युतीय माध्यमबाटै गर्न भनिएको छ ।

यसैगरी शैक्षिक सत्र २०७८ को भर्ना सम्बन्धी कार्यक्रम पनि असार एक गते देखि विद्युतीय माध्यमबाट नै गर्न सूचनामा उल्लेख गरिएको छ ।