रुपन्देहीको रोहिणी गाउँपालिकामा खाद्य बैंकको अवधारणा कार्यन्वयनमा

प्रकाशित मिति:

भैरहवा । लकडाउनका कारण गाउँपालिका विपन्न परिवारको चुल्हो निभ्न नदिन रुपन्देहीको रोहिणी गाउँपालिकामा खाद्य बैंकको अवधारणा कार्यन्वयनमा ल्याईएको छ ।
रोहिणी गाउँ कार्यपालिकाको कार्यालय र लायन्स क्लब अफ रोहिणीको साझा पहलमा आज देखी रोहिणी गाउँपालिकामा खाद्य बैंकको स्थापना गरि यसलाई कार्यान्वयनमा ल्याईएको हो ।

कोरोनाका कारण लम्बिदै गरेको लकडाउनले प्रभावित हुने परिवारलाई खाद्यान्न सहयोग गर्ने गरी यस्तो अवधारणा कार्यान्वनयमा ल्याइएको रोहिणी गाउँपालिकाको अध्यक्ष सनोज कुमार यालवले जानकारी दिए । ‘सम्भावित संकटले अप्ठ्यारोमा पर्ने परिवारलाई जिन्सी सहयोग गर्ने हेतुले फूड बैंक स्थापना गरिएको हो,’ अध्यक्ष यादवले भनेसहयोगी मन भएका तर नगद राहत दिन नसक्नेहरुले फूड बैंकमा सहयोग पठाउन सक्ने गाउँपालिकाले जनाएको छ । हाल लायन्स क्लबको २५ प्रतिशत लगानी र परिचालन तथा गाउँपालिकाले ७५ प्रतिशत लगानी गरेको यादवले जानकारी दिए ।स्थानिय रोहिणी लायन्स क्लबको जिम्मेवारीमा गाउँपालिकाको ७ वटै वडाका अति विपन्न परिवारले आवश्यकताका आधारमा राहत सामाग्री लैजान सक्ने लायन्स क्लब अफ रोहिणीका अध्यक्ष देवेन्द्र यादवले जानकारी दिए ।

खाद्य बैंकमा दाल, चामल गेडागुडि, मसला, तरकारी लगायतका दाताले वस्तु जम्मा गर्न सकिने क्लबका अध्यक्ष यादवले बताए ।फूड बैंक सञ्चालनका लागि गाउँपालिका तथा लायन्स क्लबले टास्क फोर्स समेत गठन गरेको छ । बैंकमा सहयोग प्राप्त गर्न समाजिक अभियान चलाउने देखि प्राप्त भएको खाद्यान्न गाउँपालिकाले छनोट गरेका विपन्नलाई बाँड्नेसम्मको जिम्मेवारी टास्क फोर्सलाई छ । यसमा गाउँपालिकाका कर्मचारी र क्लबका स्वयमसेवकहरु परिचालन गरिने क्लबका अध्यक्ष देवेन्द्र यादवले जानकारी दिए ।