सञ्चारमा शान्ति – सिद्धान्तको सार

प्रकाशित मिति:

डा. बालकृष्ण चापागाईं- शान्ति सर्वप्रथम मानिसको मनभित्र हुनु पर्दछ । मनभित्र शान्तिको सञ्चार हुँदा मात्र व्यवहारमा शान्तिका लागि मानिस अग्रसर हुन्छ । त्यसैले मन शान्ति पहिलो आधार हो ।शान्ति कसरी प्राप्त हुन्छ ? भन्ने प्रश्न यतिबेलाको ज्वलन्त प्रश्न बनेको छ । अहिले विश्वमा भौतिक र सत्ता शक्तिको प्रयोगबाट शान्ति स्थापना हुन सक्छ कि ? मन शान्तिले नै समाजमा शान्ति स्थापना हुन सक्छ ? भन्ने प्रश्न वहसको रुपमा रहेको छ ।शान्तिका लागि सस्त्रास्त्र र सत्ता शक्तिको प्रयोग भए तापनि त्यसले निकास दिन सकेको छैन । त्यसो त पछिल्लो समयमा आएर शान्तिका लागि गरिएका मानवीय प्रयासमाथि पनि नयाँ प्रकारको ठूलो चुनौती खडा भएको छ । कोभिड–१९ को प्रकोपले विश्वमा शान्तिका सिद्धान्तहरुलाई पनि नयाँ ढंगले परिभाषित गर्नु पर्ने स्थिति उत्पन्न भएको छ ।

यसो भएर पनि दीगो शान्तिको प्रभावकारी र व्यवहारिक आधार खोज्दै जाँदा हामी गौतमबुद्धका विचार – दर्शनभित्र प्राप्त गर्न सक्दछौं । उनका विचारलाई आत्मसात गरी जन–जनमा पुयाउन सकेमा शान्ति पाउन सकिने बलियो आधार प्राप्त हुन्छ ।बौद्ध दर्शनमा समस्त प्राणि जातिप्रति मैत्री, करुणा, विश्वकल्याण, मानवतावाद अन्तर्निहीत छ । चार आर्यसत्य, अष्टांगिक मार्ग, पञ्चशील, दश कुशलकर्म शान्ति र मानिसको मुक्ति मार्गका आधारका रुपमा रहेका छन् ।शान्तिको प्राप्ति हिंसात्मक युद्धबाट होइन,मैत्री र करुणाबाट प्राप्त हुन सक्छ भन्ने बुद्धको विचार छ । विश्व शान्तिका लागि संयुक्त राष्ट्र संघलगायतले कोशिस गर्दै आएको भएतापनि शान्ति स्थापना हुन सकेको देखिदैन । यस कारणले गर्दा पनि बुद्धका विचारको सान्दर्भिकता पुष्टी हुन्छ ।विश्व शान्तिका लागि हिंसाको समाप्ति, द्वन्द्व समाधान, निःशस्त्रीकरण अत्यावश्यक छ । मानिसको ह्ृदयबाट उत्पन्न हुने मैत्री, करुणा, सहिष्णुु र शान्ति–भावले समाजमा शान्ति स्थापनामा योगदान पुयाउँदछ ।

अन्तरिक्ष, सौर्यमण्डलका ग्रहहरु, पृथ्वी, जल–थल र आकाश, विश्व मानव समाज, जैविक विविधता र पर्यावरण देश, समुदाय, परिवार र व्यक्ति–व्यक्ति बीचको ईको सिष्टम विश्व शान्तिको अपरिहार्य तत्व हुन् ।भयरहित समाजमा मात्र सत्य,न्याय, समानता र शान्ति मुखरित हुन्छ । बुद्धका विचारमा शान्ति सबभन्दा मुख्य आधार हो । त्यो शान्ति मानिसको असल चिन्तन, सोचाई, व्यवहार, संस्कार र संस्कृतिसंग जोडिएको हुन्छ ।हिसांत्मक प्रकृतिको क्रुर व्यक्ति पनि असल विचारको प्रभावले परिवर्तन हुन सक्छ । बुद्धकालमा अङ्गुलीमाल र बुद्धको महापरिनिर्वाण पछि तत्कालीन मगधराज्यका मौर्य समा्रट अशोक आदिमा बुद्धका विचारले पारेको प्रभावलाई ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ ।बुद्धका विचारको मुल मर्म सत्यमा आधारित भएकाले सञ्चारले सत्यको खोजी गर्नु कर्तव्य भित्रको कुरा हो । त्यसैले पत्रकारिताले पनि बुद्धका विचारलाई पक्षपोषण गर्नु आवश्यक छ ।

विश्वमा शान्तिका विभिन्न सिद्धान्तहरुको चर्चा र व्याख्या भएको पाइन्छ । त्यसैगरी सञ्चारका पनि विभिन्न सिद्धान्तहरु परिभाषित र व्याख्या भएका छन् । तर ती सिद्धान्तहरुलाई स्थापित गर्ने आधार के हो ? यस बारे चर्चा, विवेचना र मूल दृष्टि पुगेको पाइदैन । विचार, सिद्धान्त र दर्शनलाई स्थापित गर्ने काम आखिर सञ्चारका चार आधार अन्र्तमुखी सञ्चार, अन्तर्वैयक्तिक सञ्चार, समूह सञ्चार र आम सञ्चारको प्रयोगबाट नै भएको हो ।सूचना, समाचार ् र विचारको सम्प्रेषण गर्दा शान्तिलाई केन्द्रमा राखेर गरियो भने त्यसले शान्ति स्थापनामा योगदान पु¥याएको हुन्छ । कस्तो सूचना ? कस्तो समाचार ? कस्तो विचारलाई सञ्चारले कुन स्थान दिने भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ ।मनसा, बाचा, कर्मणा शान्तिलाई प्राथमिकतामा राख्ने, विश्वका हरेक मुलुकमा सञ्चार नीति बनाउँदा शान्तिलाई केन्द्र विन्दुमा राख्ने, संयुक्त राष्ट्र संघ जस्ता विभिन्न संघ, संगठनहरु, व्यक्ति र समूहबाट गरिने क्रियाकलापहरु पनि शान्तिमा आधारित हुनु आवश्यक छ ।मौखिक सञ्चार, छापा सञ्चार, विद्यतीय सञ्चारका सबै माध्यमबाट शान्तिलाई मूल आधार मानी सञ्चारित गर्नु आवश्यक छ । यसले समाजमा शान्ति स्थापना गर्नमा योगदान पुग्न सक्छ भन्ने सञ्चारमा शान्ति सिद्धान्तको औचित्य र ध्यय हो ।

(डा. चापागाईंले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘वौद्ध दर्शन र सञ्चार’ विषयमा विद्यावारिधि(पीएच्.डी) गर्नुभएको छ । )