भैरहवामा ७ औँ लुम्बिनी महोत्सवको तयारी तिब्र ,रानीमहल र मायादेवीको मन्दिर हेर्न पाइने

प्रकाशित मिति:

पुनहरि बेल्बासे
भैरहवा ।
पूर्वपश्चिम महेन्द्र राजमार्गबाट २२ किलोमिटर दक्षिण र विश्वशान्तिको मुहान लुम्बिनीबाट २२ किलोमिटर पूर्वमा रहेको औद्योगिक तथा पर्यटकीय नगर सिद्धार्थनगर मा हुन गइरहेको“७औँ लुम्बिनी राष्ट्रिय महोत्सव २०७५”पर्यटन कृषितथा राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र रुपमा भइरहेको छ । आगामी मंसिर २० गते देखि पुस १ गते सम्म भैरहवाको अञ्चलपुरमालाग्ने उक्त मेलामापाल्पाको रानीमहलको आकृतिझल्कने मञ्चनिर्माण गरिएको छ भने प्रवेशद्वार अगाडि लुम्बिनीको मायादेवी मन्दिरको आकृति मा निर्माण गरिँदैछ । उता आयोजक मेलालाई बिगतका मेलाहरु भन्दा फरक बनाउने योजनामा छ । ‘विगतका मेलाभन्दा फरक राख्ने र दर्शकलाई मनोरञ्जन दिने योजनामा छौं’ आयोजक संस्थासिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्षकुलप्रसादन्यौपानेलेभने ‘त्यसैको तयारी स्वरुपलुम्बिनी र आसपासका क्षेत्रकापर्यटकीय स्थानको झल्को दिने व्यवस्थागरिएकोहो’ । नेपाल कृषिप्रधान देश भएकोले मेलामापर्यटनका साथ साथै कृषिजन्य सामाग्रीलाई प्राथमिकतादिएको र मेला घुम्न आउने जो कोहीले कृषिमा राम्रो लाभलिन सक्ने अध्यक्षन्यौपानेको दावी छ ।
“पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय सम्वृद्धिको आधार” भन्ने मुलनाराका साथ अगाडि बढेको सिद्धार्थ उद्योग वाणिज्य संघले पर्यटन र कृषितथाऔद्योगिक सामग्रीहरु प्रर्दशनीको रुपमा राख्ने आयोजकले जनाएको छ । कृषि, शिक्षा, औद्योगिक, बैंकिङ्, हस्तकला, तथा विज्ञान प्रविधिका सामग्रीहरु स्टलमा राख्ने स्टल संयोजक ठाकुर कुमार श्रेष्ठले जानकारी दिए। ‘प्रर्दशनीकालागि राखिने २ सय ५० स्टल मध्ये १ सय ७५ ओटा स्टल दर्ता भइसकेको छ ।’ स्टल संयोजकश्रेष्ठले सबल नेपालसँगभने ‘ स्टल दर्ता गर्ने कामतीव्र रुपमाभइरहेकोले सोमबार सम्ममासबै स्टल बुकिङ भइसक्छन् । ’
मेलाको महत्वपुर्ण आर्कषणको रुपमाहुने साँगीतिक कार्यक्रमको आयोजना पनि हुने मेलामा मेला अवधिभर दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्यले स्थानीय कलाकार देखि राष्ट्रिय स्तरका कलाकारहरुको कला प्रस्तुती रहने साँस्कृतिक संयोजकदिपेन्द्र प्रधानले जानकारी दिए । साथै भैरहवा आइडल, लोक नृत्य प्रतियोगिता र साहित्य सम्बन्धी विविध कार्यक्रम रहने साँंस्कृतिक संयोजक प्रधानले जानकारी दिए ।