हुम्लामा नेविसंघको मसाल जुलुस

प्रकाशित मिति:

हुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारीको अलोकतान्त्रिक र गैर संवैधानिक कदम विरुद्ध हुम्लाको सदरमुकाम सिमकोटमा नेविसंघले विरोध स्वरूप मसाल जुलुस प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समिति हुम्लाको आयोजनामा राष्ट्रपतिको अलोकतान्त्रिक कदमको विरोध गर्दै मसाल जुलुस प्रदर्शन गरेको हो ।

सदरमुकाम सिमकोट बजारका एर्पोट चोकबाट निस्किएको मसाल जुलुस सहितको र्‍यालीमा विद्यार्थीहरूले गैर संवैधानिक कदम विरुद्ध नाराबाजी लगाउँदै काली चोकमा पुगेर राष्ट्रपति बिदादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाइएको छ आइतबार बेलुका सिमकोटमा गरिएको विरोध मसाल जुलुसमा विद्यार्थीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै विरोध प्रदर्शन गरेको नेपाल विद्यार्थी सङ्घ हुम्लाले जनाएको छ ।कोरोना महामारीको विषम परिस्थितिमा मानव स्वास्थ्यको सुरक्षाको ग्यारेन्टी गर्नुको सट्टा ओलीको सरकार जोगाउन राष्ट्रपति कार्यालयको गरिमा समेत भुलेर विद्या भण्डारी लागेको ठहर गर्दै बिद्यार्थीहरुले संविधानको रक्षार्थ शक्ति प्रदर्शन गरेका हुन ।

नेविसंघ हुम्लाका सचिव विनोद लामाको नेतृत्वमा निकालिएको विरोध जुलुसमा केपी ओली र विद्या भण्डारीको सेटिङमा मध्यरातमा भङ्ग गरिएको संसद विघटनको खारेजको माग गर्दै विद्यार्थीहरूले नाराबाजी गरेका थिए ।यस्तै नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाईसिएलले पनि राष्ट्रपति बिदादेवी भण्डारीको अलोकतान्त्रिक र गैर संवैधानिक कदम विरुद्ध हुम्लाको सदरमुकाम सिमकोटमा मसाल जुलुस प्रदर्शन गरेको छ ।सदरमुकाम सिमकोट बजारका रल्लिङ होटेल चोकबाट निस्किएको मसाल जुलुस सहितको र्‍याली गैर संवैधानिक कदम विरुद्ध नाराबाजी लगाउँदै लोकतन्त्र चोकमा पुगेर राष्ट्रपति बिदादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाइएको छ ।