यस्तो बेला महाराज महारानीलाई चुनाव चाहिएको छ : रामकुमारी झाँक्री

प्रकाशित मिति:

काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीले मुलुकलाई अध्याँरो युगमा प्रवेश गराएको टिप्पणी गरेकी छिन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भनेकी छिन् एउटा अध्यारो युगको सुरूवात हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ । खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन । यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, क्ष्ऋग्, ख्भलतष्बितयच नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ ।

उनले भनेकी छिन्, यो सत्ताको अपराधिकरण हो । यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव रु जनताले हिसाबकिताब त पक्कै राख्नेछन् ।