सञ्जालद्वारा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

प्रकाशित मिति:

बुटवल । कोभिड–१९ को जोखिम हुन नदिनका लागि ” कालिगण्डकी गाउँपालिका कोभिड सहयोग संजाल”को नेतृत्वमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कालिगण्डकी गाउपालिका स्थायी घर भर्इ बुटवलमा विभिन्न पेशा व्यवसायी गरी बसेका ६ जना युवाको नेतृत्वमा स्वास्थ्य सामग्री कालिगण्डकी गाउपालिकालाई हस्तान्तरण गरिएको हो ।

गुल्मीको कालिगण्डकी गाउपालिका कोरोनाबाट अत्यन्त जोखिम भएकाले स्वास्थ्य सामग्रीले गाउपालिकामा अग्रपङ्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त सामग्री प्रदान गरिएको संजालका अभियान्ता अनिस ढकालले बताए ।

कालीगण्डकी गाउपालिका वार्ड – ६ घर भइ बुटवलको सुख्खानगर बस्ने डा. इन्द्र ढकाल र डा. शान्ता शर्माको समवन्यमा लायन्स क्लव अफ उजेसबाट ४० हजार बराबरको स्वास्थ्य सामग्री क्लवका अध्यक्ष सोनाली गुरुङले प्रदान गरेकी थिइन् । पहिलो पाईला नेपाल फाउन्डेसनले २० हजार बराबरको स्वास्थ्य सामग्री फाउन्डेसनका अध्यक्ष मन्जु संजेलले प्रदाग गरेकी थिइन । त्यसै गरी समन्वयकर्ता डा. इन्द्र ढकाल र डा. शान्ता शर्माले संयुक्त रुपमा १० हजार बराबरको स्वास्थ्य सामग्री पनि प्रदान गरेका छन् ।

पीपीई, सर्जिकल मास्क, ग्लोब्स, फेस कभर, थर्मल गन प्रदान गरिएको संजालका संयोजक ढकालले जानकारी दिए । ”