पाण्डवखानीको टोलटोलमा जनप्रतिनिधी र स्वास्थ्यकर्मी

प्रकाशित मिति:

सुरेश छन्त्याल- बागलुङ- कोरोना भाईरस कोभिड १९ नयाँ भेरियन्ट सहितको भाईरस तिव्र गतिमा फैलिरहेको अबस्थामा आम नागरिकको सचेतनाको लगाी स्वास्थ्य कर्मिसहितको टोली टोलटोलमा पुगेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ माहामारीको रुपमा फैलिरहेको अवस्थामा गलकोट नगरपालिका वडा नम्वर १० मा वडा वासी नागरिकको स्वास्थलाई मध्यनजर गरी गलकोट नगरपालिका १० पाण्डबखानीमा जनतिनिधि, स्थानीय शिक्षक, स्वास्थकर्मी, महिला स्वास्थ स्वयसेविका र पत्रकारको टोली प्रत्येक नागरीकको घर–घरमा पुगेर स्वास्थ अवस्थाबारे जानकारी लिएको गलकोट नगरपालिका वडा नम्वर १० का अध्यक्ष तिलक घर्तिले जनाकारी दिनुभयो ।टोलिले पारिवारीक दैनिकी एंव लकडाउनको प्रभावमा परेको विद्यार्थीको बारेमा जानकारी लिनुका साथै दिर्ध रोगिको औषधीको बारेमा समेत जानकारी लिएको उहाँले जानकारी दिनुभयो ।